शनिबार, जेष्ठ १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खाद्यन्न स्टक पर्याप्त, ७ उद्योग सञ्चालनमा :उधोगमन्त्रालय


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २९, २०७६
  • 582
    SHARES

उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई दैनिक खाद्य वस्तुको अभाव नभएको बताएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि गरिएको लक डाउनको १८ औं दिनसम्म आइपुग्दा उपभोक्ताहरुले सहज रुपमा खाद्य सामाग्री उपलब्ध भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

लक डाउनपछि उपभोक्तालाई कुनै किसिमको खाद्य सामाग्रीको अभाव नहोस भन्दै मन्त्रालय सधै गम्भिर रहेको बताए । हाल सरकारी र निजी क्षेत्रसँग  १ लाख २५ जहार २ सय ९० मेट्रिक टन चामल, ७ हजार २ सय ९४ मेट्रिक टन ,चिनी १ लाख ५८ हजार ९ सय ९० मेट्रिक टन, नून १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार ८ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको छ। यसैगरी उद्योगहरूसँग चामल ४ महिना, दलहन ३ महिना र तेलहन ३ महिनाको माग धान्न सक्ने मौज्दात रहेको बताए ।

लकडाउनको १७ दिनमा ३७ हजार ३ सय ३४ मेट्रिकटन खाद्यन्न, १४ हजार ५४ मेट्रिकटन गेडागुडी तथा दलहन, २१ हजार ६ सय २६ मेट्रिकटन तरकारी, ५ हजार ९ सय ६२ मेट्रिकटन फलफूल, ८० मेट्रिकटन  दुग्धजन्य पदार्थ, १० करोड ८७ लाख ७ हार्र रुपैयाँ बराबरको औषधीको कच्चापदार्थ र ५६ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको तयारी औषधी  आयात भएको जनाएको छ।

अत्यावश्यकीय वस्तुको आपूर्ति सह गराउन, कालोबार्री, कृतिम अभाव, मूल्यबृद्धि हुन नदिन अनुगमनलाई तीब्रता दिएको छ। चैत महिनाभर १ सय ५७ वटा पसल, स्टोर, व्यवसायको अनुगमन गरी उपभोक्ताको हितवितपरीत कार्य गर्ने २६ वटा व्यवसायलाई १६ लाख २० हार्र रुपैयाँ जरिवाना गरेको छ ।

संक्रमितको समग्र परिस्थीतिलाई हेरी विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गने उद्योगहरु र अन्य उद्योगहरु सञ्चालनको तयारी गरिएको बताएको छ ।

मन्त्रालयका अनुसार औधोगिक करिडोरमा रहेका खाद्यन्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९०प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधी उद्योग ७३ प्रतिशत र इंटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेका छन।
यस्तै भारत सरकारले चैत २४ देखी लागु हुने गरी २४ वटा औषधीजनय पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध  फुकुवा गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }