आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाले अर्थतन्त्रमा पारेको असर अघ्ययन गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानले बनायो समिति


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 628
    SHARES

कोरोना संक्रमणबाट नेपालीअर्थतन्त्रमा परेको असर र त्यस बाट पार पाउन सरकारले अबलम्वन गर्नु पर्ने नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिन गैर सरकारी क्षेत्र बाट समेत पहल भएको छ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारले के कस्ता राहत र आर्थिक प्रवद्र्धनको प्याकेजको घोषणा गर्नु पर्दछ र ति प्याकेजको वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अघ्ययन गर्ने भएको छ।

यसका लागी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अघ्यक्ष एंव नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको संयोजकत्वमा राष्ट्रिय  योजना आयोग पूर्व उपाघ्यक्षहरु पृथ्वीराज लिगल,  डा. जगदिश चन्द्र पोख्रेल , प्रा. डा. गोविन्द राज पोख्रेल र डा. स्वर्णिम वाग्ले ,  अर्थशास्त्रीहरु डा. पुष्कर बज्राचार्य , डा.अरविन्द मिश्र,डा. विजया श्रेष्ठ  डा.दधि अधिकारी  तथा  महेन्द्र यादव (बरिष्ठ उपाध्यक्ष, नेपाल ट्रेड यूनियन काँग्रेस) र  वसन्ती आचार्य (उपप्राध्यापक, भक्तपुर बहुमुखी क्याम्पस) सम्मिलित एक अध्ययन समिती गठन गरेको  छ।

, समितिले कोरोनाको असर कुन कुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको संदर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर नेपालका शिर्ष अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणको आधारमा सरकारलाई सुझाव पेश गर्ने  छ।

समितिले नेपालमा कोरोना संक्रमणको कारणले सबैभन्दा वढि असर परेका आर्थिक र  भौगोलक क्षेत्र तथा सबैभन्दा वढि पिडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ ।

समितिको अघ्ययन  सुझावलाई नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी पार्टी समक्ष पेश गरिने गणेशमान सिंह अध्ययन प्रतिष्ठानले जनाएको छ ।
य समितिले बैसाख १ गते देखि आफ्नो काम शुरु गरेर ३ हप्ता भित्र अध्ययन समाप्त गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }