बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 400
    SHARES

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ ।

पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो । बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (र्यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । पाटन अस्पतालमा पिसिआर विधि (स्वाव नमुना परीक्षण) बाट थप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

एक जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ । उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । अहिले कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ । यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ । अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् । ¥यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ । देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }