मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनलाई बलियो र प्रभावकारी बनाउन स्थानीय प्रशासनको भूमिका महत्वपूर्ण मुख्यमन्त्री बागमति प्रदेश


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 574
    SHARES

हेटौँडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई बलियो र प्रभावकारी बनाउन स्थानीय प्रशासनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मुख्यमन्त्री पौडेले प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत लकडाउनको अवस्था, त्यसले पारेको प्रभाव आदिका विषयमा समेत कुरा गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले अहिले देशमा जारी रहेको लकडाउनको अवस्थाका विषयमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसीसँग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेका हुन् ।

कुराकानीमा मुख्यमन्त्री पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउँदै वडाहरुसँग समन्वय गरेर आवश्यक सामग्री वडाभित्र व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन निर्देशन दिएका सचिवालयले जनाएको छ ।

उनले कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषिउपजको ढुवानी तथा बिक्री वितरणलाई व्यस्थापन गर्न सरकारले किसानलाई सहयोग गर्ने पनि बताए । पौडेलले दैनिकरुपमा प्रयोग हुने अत्यावश्यक वस्तुलाई सहज वितरणमा स्थानीय तहले समन्वय गर्नु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)