मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 638
    SHARES

क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९ को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थि‍त बनाउन निर्देशिका जारी गरिएको जानकारी दिए।‍

निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि द्रुत परीक्षण कीट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।

यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद वा सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने), प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५–१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गाह्रो भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)