बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढे


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 597
    SHARES

काठमाडौं,  उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् ।

उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको जानकारी दिए।

पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना सम्म आउने गरेका छन् । घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् ।

अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }