मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना उपचारका लागि स्वयंसेवी स्वास्थ्यकर्मीको विवरण तयार


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 895
    SHARES

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयंसेवी जनशक्ति परिचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयंसेवा गर्ने इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको छ । अहिलेसम्म स्वयंसेवा गर्न इच्छुक २ हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको छ ।

तीमध्ये ५२७ जना चिकित्सक र १ हजार ४८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १ सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामंगल, किष्ट मेडिकल कलेज, काठमाडौं, मनिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाडौं, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक स्वयंसेवी रूपमा परिचालन हुनेछ ।

यसैगरी नोवेल मेडिकल कलेज विराटनगर १५०, विराट मेडिकल कलेजबाट ११८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि १ सय जनाका दरले नर्स खटाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)