सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 800
    SHARES

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र ¥पिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाव परीक्षण (पिसिआर) विधिबाट ३ सय ६९ जना र ¥यापिड डाइग्नोष्टिक ( आरडिटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ¥यपिड परीक्षण भएको छ । बुधबार पनि नयाँ संक्रमण देखिएको थिएन् । अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।

देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ । ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन् । यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए ।

४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)