सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिम प्रदेशको अस्पतालहरुमा खटाइने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 670
    SHARES

पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनैपनि नयाँ संक्रमण फेला नपरेको बताउनुभयो । यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिचालान हुने गरी उक्त प्रदेशको अस्पतालहरुमा खटाउने गरी पठाइएको बताउनुभयो । उहाँले चिकित्सकहरु आजै हवाइजहाज मार्फत धनगढी पुगिसकेको बताउनुभयो ।

उहाँले एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकता अनुरुप समय थप हने बताउनुभयो । सूदुरपश्चिम पद्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उहाँले बताउनुभयो । यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उहाँले बताउनुभयो । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसबाहेक सरकारले गत साता ५÷५ हजारका दरले ¥यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजार भन्दा बढी किटहरु पठाइएको बताउनुभयो । यससँगै करिब ७० हजारको संख्यामा ¥यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उहाँले बताउनुभयो । यस्तै केहीको परीक्षणको क्रममा नै रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ । ¥यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ । कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ । प्रवक्ता देवकोटाले अहिले सम्म दुई वटा जिल्ला र डोल्पामा ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताउनुभयो । उहाँले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको बताउनुभयो । अहिले सम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उहाँले बताउनुभयो ।

यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरुमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनैपनि जानकारी गराएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)