मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा एकैदिन १४ जना संक्रमित थपिए ,कोरोना संक्रमितको संख्या ३० पुग्यो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 653
    SHARES

नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले पुष्टि गरेको छ।

मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।

त्यसै गरि  चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको राप्ती नगरपालिकाका आमा–छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)