सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा, सुवास नेम्वाङ्ग


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 775
    SHARES

 

नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै सरकारको बचाउ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमले समय सापेक्ष मुलुकको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गरेको भन्दै उपनेता नेम्वाङ्गले सरकारको सरकारको बचाउ गर्नुभएको हो । उहाँले सरकारले कोरोनाले प्रभावित बनेका सबै क्षेत्रलाई सम्बोधन गरेको दाबी गर्नुभयो । कोरोनाले पारेको नकारात्मक प्रभावलाई सम्बोधन गर्ने क्रममा सरकारले निरोगी नेपालको निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “निरोगी नेपाल निर्माणका लागि आवश्यक पर्ने आधारहरु प्रस्तुत गरेको छ ।”

आधार तयार पार्ने क्रममा नै सरकारले नीति तथा कार्यक्रम मार्फत ‘चिनौ आफ्नो माटो बनाउँ आफ्नो देश’को अभियान अगाडि सारिएको, बुँदा नम्बर ९० मा रोजगारीलाई सम्बोधन गरिएको, कृषिमा थप आधुनिकिरण, यान्त्रिकरण र विशिष्टीकरण गर्ने भनिएको उहाँले दाबी गर्नुभयो । त्यसैगरी स्वदेशी वस्तुको प्रयोग गरौ, स्वच्छ नेपाल, सम्मृद्धिका लागि बन तथा १ सय ७२ बुँदामा ३ बर्ष भित्र खानेपानी पुर्याउने, १ सय ९३ मा तीन बर्ष भित्र सबै घरहरु जस्तापाताको बनाउने लगायत कार्यक्रमले नागरिकको जीवनस्तर उकास्ने जिकिर उहाँले गर्नुभयो ।

उहाँले ‘भ्रष्टाचार गर्दिन । कसैलाई गर्न दिन्नँ’ भन्ने प्रधानमन्त्रीको प्रतिवद्धताले सार्थकता पाएको पनि दाबी गर्नुभयो ।

सरकार अधिनायवाद छैन

उहाँले सरकार अधिनायकवादी नभएको जिकिर पनि गर्नुभयो । अधिनायवादी भयो भनेर समय समयमा आएको टिप्पणीको उत्तर दिदै सरकारले नीति तथा कार्यक्रममा लोकतन्त्रका आधारभूत प्रतिवद्धताहरुलाई जाहेर गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अधिनायकवादले कानुनलाई संसोधन गर्न तयार भएर अगाडि बढ्छ ? संविधानले अध्यादेश जारी गर्ने सरकारालाई अपवादको अवस्थाा राखिदिएको छ । सरकार अध्यादेश फिर्ता लिन्छ ? प्रतिपक्षी लगायत सम्बन्धीत सबैको कुरा सुनेर यो गरेको हो । अधिनायकवादले यस्तो कुरा सुन्ने गर्छ ?”

गरिबलाई ऐन र धनीलाई चैन नभई सरकारले संविधान, नियम र कानुन बमोजिम सबैलाई कारवाही गरेकाले ‘ गाउघरतिर अहिलेको सरकारको बेलामा सबैलाई बराबरी ऐन लाग्दो रहेछ’ भन्ने सुनिन थालेको बताउनुभयो ।

सिमा अतिक्रमण स्वीकार्य छैन

भुकम्पले क्षतविच्छेद भएको बेला दुई छिमेकीले नेपालको लिम्पियाधुरालाई व्यापारीक नाकाको रुपमा अगाडि बढाउने भनेर सहमति गरेको स्मरण गर्दे उहाँले त्यो सहमतिलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी विनम्रतापुर्वक भन्न चाहन्छौ त्यो सहमति प्रति हाम्रो स्वीकार्यता छैन । हामी त्यसलाई अस्वीकृत गर्छौ । त्यसको विरुद्धमा लड्छौ । सिंगो संसदलाई सिंगो देशलाई एकजुट बनाएर त्यसको विरुद्धमा हामी अगाडि बढ्छौ । ”

उहाँले लिपुलेक कालापानी नेपालको भूमि भएको भन्दै यी भूमि राखेर तुरुन्तै नक्सा जारी हुने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय सिमा नाकाबारे पहिलो पटक नीति तथा कार्यक्रममा समावेश भएको उल्लेख गर्दे निराशा बाड्ने काम नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सबै एकताबद्ध भएर अघि बढौ । संविधान कार्यान्वय र शान्ति प्रक्रियाको अन्तिम काम अझै पुरा भएको छैन । निरासा होइन आशा बाढौ । सपना र संभावना बाढौ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }