एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नबेच्न चीन र रूसलाई चेतावनी दिएका छन् । इरानलाई हतियार बिक्री गरे उनीहरूको हितमा नहुने चेतावनी शुक्रबार ट्रम्पले चेतावनी दिएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए ।
“इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठूला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेखेका छन् । उनले भने, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन ।”
