बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 34
    SHARES

काठमाडौं –  सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्‌भाव कायम गर्न मधेसवादी दलहरूले आव्हान गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दे सरकारसँग आठ बुँदे माग पनि राखेका छन् ।

मधेशवादी नेताहरुले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् ।

 

उनिहरुले साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्न पनि आब्हान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)