आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०८३
  • 49
    SHARES

काठमाडौं –  गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमा बाहिरिएको विषय सार्वजनिक भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

त्रिविको परीक्षा सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रा.डा अच्यूत ज्ञवालीको संयोजकत्वमा त्रिविकै अनुगमन निर्देशनालयका उप निर्देशक तथा सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्रध्यापक डा. महेशराज ओझासहितको ३ सदस्यीय समिति गठन गरिएको हो ।

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई घटनाबारे विस्तृत अनुसन्धान गरी दोषी पहिचान गर्न तथा दोषीमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्न जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)