शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा, उपेन्द्र यादव


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 887
    SHARES

 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा यादवले सरकारले अघि सारेका नीतिहरुले संघीयता धरापमा पर्ने जोखिम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वनजंगल, उद्योग र गुठि लगाउयका कुराहरु संघीय सरकारले आफै सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्छ ।’’

ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्ले गर्दै उहाँले सघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनी समेत दिनुभयो । मुलुकको विकास सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडी बढाउनुपर्ने उहाँले बताउनुभयो । पूर्व पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरुको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरुमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताउनुभयो ।

नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्त तराई क्षेत्रमा कृषिको आधुनिकिकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तलित विकास नगरी सम्भवन नुहने भएपनि नीति कार्यक्रम केही समेट्न नसकिएको उहाँले बताउनुभयो ।

सरकारको असफल कुटनीति र अकर्मन्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि अतिक्रणमा परेको उहाँले बताउनुभयो । कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रीत गर्नुपर्ने भएपनि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । अध्यक्ष यादवले नीति तथा कार्यक्रम पुर्नविचार गरेर परिमार्जन गर्न पनि आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)