आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १७, २०७७
  • 556
    SHARES

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेनाभाइरस प्रसार राेकथाममा पर्याप्त काम गर्न नसकेकाे तथा चीनकाे पक्ष लिएकाे भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग दिन्छ । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब सार्वजनिक स्वास्थ्यका कार्यक्रममा अमेरिका स्वयंले खर्च गरिने ट्रम्पकाे भनाइ छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

चीनप्रति लचिलाे भएकाे भन्दै ट्रम्पले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए ।

अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ । २०१९ को डिसेम्बर अन्तिम साता चीनबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको उहानस्थित इन्स्टिच्यूट अफ भाइराेलाेजी ल्याबबाट काेराेना भाइरस फैलिएको आशंका गर्दै आएको छ ।

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख १ हजार ४ सय ५४२ जनाको मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)