मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मन बुन्डेशलिगा फुटबलको उपाधियात्रामा वायर्न म्युनिख


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 788
    SHARES

बलियो प्रतिद्वन्दी वायर लिभरकुशेनलाई पराजित गर्दै वायर्न म्युनिखले जारी जर्मन बुन्डेशलिगा फुटबलको उपाधि यात्रा सहज बनाएको छ । सात पटक लगातार लिग उपाधि जितिसकेको वायर्नले अब दुई खेल जितेमा लिगको उपाधि आठौं पटक हात पार्नेछ । जारी लिगमा उसले अब चार खेल मात्रै खेल्न बाँकी छ ।

हालसम्म २६ खेल खेलिसकेको वायर्नले अहिलेसम्म दुईवटा खेलमा मात्रै पराजय व्यहोरेको छ । गएराती भएको खेलमा बलियो टोली लिभरकुशेनलाई वायर्नले ४-२ गोल अन्तरले पराजित गरेको हो । यो जित संगै वायर्नले ७० अंक बनाएको छ । अंक तालिको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डको ६३ अंक छ । डोर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा हेर्थ बर्लिनलाई १-० गोलअन्तरले पराजित गर्यो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)