सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपिएल केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको छ: प्रधानमन्त्री शाह


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १०, २०८३
  • 43
    SHARES

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त  गर्नुभयो ।

 

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना ।”

एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)