काठमाण्डौं। गायक ईन्जिनियर धर्मराज पोखरेलको आवाजमा सजिएको तामाङ सेलो गीत र सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिएका गायक पोखरेलको स्वरमा आवद्ध ‘नाचन ओई मैच्याङ’ वोलको सेलो गीत बुधबार सार्वजनिक भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थानीय लोक गायक पोखरेलको एकल आवाजमा रहेको गीतमा शब्द संगीत योगेश मोक्तानको रहेको छ । सुन्दर लामाको एरेन्जमा तयार भएको गीत र म्युजिक भिडियोले दर्शक तथा श्रोताको भरपुर मन जित्ने गायक पोखरेलले बताए ।
म्युजिक भिडियोमा गायक पोखरेल, शंकर बि.सी र रितु तामाङले अभिनय गरेका छन् । दुर्गा पौडेलको छायाङ्कन रहेको म्युजिक भिडियोलाई शंकर बि.सीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो धर्मराज पोखरेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
समाजसेवी मा समेत सकृय गायक पोखरेलले पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा आशा लाग्दो काम गरीरहेका छन्।
