बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल !


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 527
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्धमा आफ्नै दलका सभासदहरुले ल्याएको अविश्वासको प्रस्ताव फेल भएको छ । सो प्रस्ताव बहुमतले अस्वीकृत भएको बताइएको छ ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपाको कर्णाली प्रदेश सभाको संसदीय दल बैठकले शाहीका विरुद्धमा ल्याइएको उक्त अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेको जानकारी दिएका छन् । यसरी अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ उनले भनेका छन् ।

नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध सो प्रस्ताव दर्ता गरेका थिए ।
त्यस अन्तर्गत पनि पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर बताइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)