मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २५, २०७७
  • 523
    SHARES

 

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

यहि मंसिर १३ गते सम्पन्न चुनावबाट निर्वाचित महासघंको नयाँ कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरी क्यान महासंघले स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलगायत सम्पूर्ण टीमलाई सफल कार्यकालको शुभकामना दिए । मुलुककै ठूलो व्यावसायिक संस्था भएको नाताले व्यवसायीको हकहीतको संवद्र्धन गर्न र व्यावसायिक वातावरण राम्रो बनाउन उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कुँवरले दुई संस्थावीचको सहकार्य अझ अभिवृद्धि गर्नु पर्ने पनि बताए । अहिले देखिएको कोरोनाभाइरस महामारीले उद्योग व्यवसायमा ज्यादै ठूलो असर परेको छ तर सूचनाप्रविधिको प्रयोगले भने उनीहरुलाई कुनै न कुनै रुपमा सहयोग गरेको छ, उनले भने ।

‘महामारीमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसाय त फस्टायो नै । अन्य व्यवासायमा पनि यसको प्रयोगको महत्व पनि प्रष्ट्यायो । त्यसैले आईसीटीको विकासका लागि अबका दिनमा सरकार र महासंघसँग सहकार्य गर्न हामी इच्छुक र तत्पर दुवै छौं’,उनले भने ।

उद्योग वाणिज्य महासंघ र क्यान महासंघवीच केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य हुनु आवश्यक रहेको कुँवरको भनाइ छ ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष गोल्छाले महामारीले व्यवसायमा सूचना प्रविधिको महत्व बढेर गएको बताए । आफ्नो टीमले राष्ट्रिय भिजनको निर्माण गरिरहेकाले क्यान महासंघसँग समेत परामर्श गरी त्यसलाई अझ उपयोगी र व्यवहारिक बनाउने पनि उनको भनाइ थियो ।
‘सम्पूर्ण क्षेत्रका व्यवसायीहरु एक भएर जाने हो भने मात्र हामीले आफ्नो र मुलुकको हितका लागि काम गर्न सक्छौं,’ उनले भने । कृषिदेखि पर्यटनसम्मका क्षेत्रले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट लाभ लिन सक्ने र त्यसका लागि बेग्लै रणनीति बनाएर अघि बढ्नु पर्ने पनि उनले बताए ।

भारतमा सञ्चालन गरिएको इहाट जस्तै प्रविधि नेपालमा पनि प्रयोग गर्ने हो भने किसानलाई विचौलियाको चंगुलबाट जोगाउन सकिन्छ, उनले भने ।

उक्त कार्यक्रमको अवसरमा नै क्यान महासंघले लर्डबुद्ध एजुकेशन फाउन्डेसनको सहकार्यमा सञ्चालन गरेको राष्ट्रिय छात्रबृत्ति २०७७ को वितरण गरेको थियो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पंकज जलानले क्यानसंग मिलेर विगत ३ बर्ष देखि छात्रबृत्ति प्रदान गर्दै आएको बताए । यस बर्ष ७ प्रदेशबाट १,१ जना गरी ७ जना छात्रलाई पूर्ण छात्रबृत्ति र बाँकी ४२ जनालाई आंशिक गरी कुल ४९ जनालाई छात्रबृत्ति प्रदान गरेको जानकारी दिए । यसले सूचना प्रविधिको दक्ष जनशक्ति उत्पादन मा सहयोग पुग्ने तथा उद्योगको आवश्यकता पनि पूर्ती हुने विश्वास लिएको जलानले बताए । सोही समारोहमा प्रदेश १ बाट पूजा भटट्राई, प्रदेश २ बाट नन्दनी गुप्ता, वागमति प्रदेशबाट अनिता थापा, गण्डकी प्रदेशबाट अनुषा देवकोटा, लुम्बिनी प्रदेशबाट प्रिया नेपाली, कर्णाली प्रदेशबाट टिका पाण्डे, सुदुरपश्चिम प्रदेशबाट मुना भट्टराई लगायत लाई सम्मान तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, क्यानका पूर्व अध्यक्ष सुरेश कर्ण तथा क्यानका महासचिव नारायण थापाले आफ्नो धारणा राख्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }