बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री विरुद्ध मुख्यमन्त्री नै सडकमा !


  • माउन्टेन खबर
  • बुधबार, पुस १५, २०७७
  • 684
    SHARES

काठमाडौं,१५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा एकजना मुख्यमन्त्री नै सडकमा आएका छन् । उनले प्रधानमन्त्रीका विरुद्धमा नाराबाजी गर्दै सडकमा आएका हुन् । प्रधानमन्त्रीको असंवैधानिक संसद् विघटनका विरुद्धमा भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडक आन्दोलनमा निस्केका हुन् ।

उनी प्रचण्ड–माधव नेपाल समूहमा छन् । सो समूहले मंगलबार देशभरि गरेको विरोध कार्यक्रमअन्तर्गत मुख्यमन्त्री शाही सडक आन्दोलनमा उत्रिएका हुन् ।

नेकपाको कालीकोट जिल्लाका इन्चार्जसमेत रहेका मुख्यमन्त्री शाही यसअघि देखि नै प्रचण्ड माधव समूहमा लागेका थिए । उनलाई हटाउन केही समय मात्र अघि ओली पक्षका सांसदहरु नै लागेका थिए ।

आज भने मन्त्रालयको कामकाज छाडेर कालीकोट पुगेको बताइएको छ । मुख्यमन्त्री शाही कालीकोटमा निकालिएको जुलुशमा सर्वसाधारणसँगै सडकमा निस्केका थिए । उनी प्रधानमन्त्रीको विरुद्धको नाराबाजीमै लागेका थिए ।

पछि उनले सभालाई पनि सम्बोधन गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको कदमको चर्को आलोचना पनि गरेका थिए ।

सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकलाई थप संकटमा पारेको आरोप लगाएका थिए । मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीले गरिबी विरुद्धको शासन व्यवस्थासँग नलडेर तानाशाहीको पक्षमा लागेको आरोप पनि लगाए ।

प्रधानमन्त्री ओलीले पार्टीका विरुद्धमा गद्धारी गरेको र देशको कम्युनिष्ट आन्दोलनलाई नै ठूलो धोका दिएको आरोप पनि लगाए ।

शाहीले प्रधानमन्त्री ओलीका विरुद्धमा व्यापक मात्रामा आलोचना गरेका थिए । उनले भनेका थिए ओलीले आफू पक्षीय भेलाबाट केन्द्रीय समिति विस्तार गरेर म बहुमतमा छु भन्नु हांस्यास्पद हो, पार्टीको आधिकारिकता बहुमतले गर्छ अल्पमतले होइन ।

यतिमात्र होइन मुख्यमन्त्री शाहीले ओलीले असंवैधानिक कदम चालेर ओलीले अर्को जंगबहादुरको सपना देखेको आरोप पनि लगाएका थिए । प्रधानमन्त्री ओली व्यक्तिगत निहीत स्वार्थको पछाडि लागेको भन्दै उनले बालुवाटारले त्यसलाई सच्याउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }