आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रपत्रिकाबाट

राजीनामा​ नदिने अडानले थप संकट


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 248
    SHARES

काठमाडौं । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ ।

संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्तरुपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतले बदर गर्दै पुनः स्थापना गरेपछि नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्थ्यो । तर, ओलीले राजीनामा नदिने हठ लिएका छन् । आफूलाई काम गर्न नदिएको भन्दै उनले प्रतिनिधिसभा विघटन गरेका थिए ।

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनकारी काम गरेको भन्दै ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेको छ । ओलीले आत्मालोचना गरेमात्र उनीसँग सहकार्य हुन सक्ने दाहाल–नेपाल समूहले बताएको छ । तर ओली आत्मालोचना गर्ने पक्षमा पनि छैनन् । समाचार नागरिक दैनिक छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }