आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मेघगर्जनसहित वर्षाको सम्भावना


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 345
    SHARES

१६ फागुन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो । साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना पनि रहेको छ ।

यसैगरी आज राति पनि प्रदेश १ का पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको आज बिहान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }