आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 303
    SHARES

१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

शनिबारको तुलनामा आइतबार जोशीको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिनुभयो । उहाँका अनुसार जोशीले दाहिने हात र खुट्टा अघिल्ला दिनको तुलनामा आइतबार बढि चलाएको र भने आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने अझै खुलेका छैनन् ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान गरिएको अस्पतालले जनाएको छ । जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्त मिश्रित पानी समेत लगभग सफा भएको अस्पतालले बताएको छ । ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन’ डा.झाले भन्नुभयो, ‘उहाँको अहिलेको अवस्था जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }