आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्जुनधारामा १०५ वटा पुल र कल्भर्ट निर्माण


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १७, २०७७
  • 310
    SHARES

१७ फागुन, झापा । अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि स–साना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ लाखदेखि रु ४५ लाखसम्मको बजेटमा पक्की पुल र कल्भर्ट बनाएको हो।

विसं २०७४ साउन २७ गते जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा कल्भर्ट र पुल निर्माणको कार्य रहेको देखिन्छ।

“हामी निर्वाचित भएर आउनुअघि नै वर्षाका कारण आएको भीषण बाढीले एकै दिन नगरभित्रका ५३ वटा पुल र कल्भर्ट भत्काएको थियो”, नगरपालिकाका प्रमुख हरि रानाले भन्नुभयो, ‘त्यो साल तिनै कल्भर्ट र पुल बनाउँदै बित्यो, थप केही गर्न सकिएन।”

नगरभित्र साना ठूला दर्जनौँ खोलाखोल्सी भएका कारण एउटा वडाबाट अर्को वडा पुग्न वा आफ्नै वडाको वल्लो गाउँबाट पल्लो गाउँ पुग्न लाग्ने घण्टौँ समयको पुल र कल्भर्टले बचत गरेको उहाँको भनाइ छ। उहाँले आर्थिक वर्ष २०७५/७६ मा थप ३० वटा र आव २०७६/७७ मा २२ वटा गरी जम्मा १०५ वटा पक्की पुल र कल्भर्ट निर्माण गरिसकेको बताउनुभयो।

नगरप्रमुख रानाले नगरभित्रका क्षेत्रलाई मात्र जोड्ने नभई छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट अर्जुनधारा–१ जोड्ने नेते खोलामा संयुक्त लगानीमा रु ६० लाखको लागतमा २० मिटर र इलामकै माई नगरपालिकासँग मिलेर साढीमुरे खोलामा रु २३ लाखको लागतमा १४ मिटर लम्बाइको पुल निर्माण गरिसकेको बताउनुभयो ।

उहाँले अझै ११ वटा पुल, कल्भर्ट नगरपालिकाभित्र आवश्यक रहेको बताउँदै चालु आर्थिक वर्षभित्रै बनाइसक्ने योजना सुनाउनुभयो । पहिलो प्राथमिकता पुल कल्भर्टलाई दिए पनि अब सडक विस्तारको योजनालाई तीव्रता दिइने उहाँले बताउनुभयो ।

उहाँले नगरसँग आन्तरिक बजेट पर्याप्त नहुँदा ठूला भनिएका बिरिङ र टाङटिङ खोलामा पक्की बनाउन नसकिएको बताउनुभयो । ती खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारसँग बजेट माग गरिरहरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यी दुई खोलाले ठूलो समस्या नित्याएको छ।बर्सातका समयमा खुदुनाबारी र मदनपुरवासीलाई नगरपालिका आउन नसक्ने अवस्था सिर्जना हुन्छ। सानो बजेटले हुँदैन तत्काल सङ्घीय सरकारसँग समन्वय गरेर हाम्रै कार्यकालमा पुल बनाउँछौँ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }