बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दर्भ :अन्तर्राष्ट्रिय महिला दिवस

ट्राभलको स्टाफदेखि क्याथे प्यासिफिकको नेपाल प्रमुखसम्म- जुनु मालेकु नेपाल प्रमुख,क्याथे प्यासिफिक


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 1.6K
    SHARES

 

 

काठमाडौं,२३ फागुन।

सन् १९८० मा ललितपुरको पुल्चोकमा जन्मिनुभएकी जुनु मालेकु आफैँमा साहसी महिला हुनुहुन्छ । पुल्चोकमा जन्मसँगै ललितपुर महानगरपालिका–१३ जावलाखेलमा स्थायी बसोबास गर्दै आउनुभएकी जुनुले सेन्ट मेरिज स्कुलबाट एसएलसी र मोर्डन ईण्डियन स्कुलबाट प्लस टु सम्मको अध्ययन गर्नुभयो ।

सुरुमै नाम चलेको विद्यालयमा अध्ययनको अवसर पाउनुभएकी उहाँले क्याम्पियन कलेज कुपन्डोलमा स्नातक र त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट ‘मास्टर अफ विजनेश एडमिस्टेशन’मा स्नातकोत्तर तह उर्तिण गर्नुभएको छ ।

जेनिथ ट्राभल्स एजेन्सी दरबारमार्गमा जागिरे जीवन सुरु गर्नुभएकी जुनु  सन् २००५ मा कतार एयरवेजमा जागिरका लागि प्रवेश गर्नुभएको थियो । सन् २००७ को अन्त्यमा इतिहाद एअरलाइन्समा कार्यरत जुनुले आफु अहिलेको अवस्थामा आइपुग्नका लागि इतिहादले धेरै कुरा सिकाएको वताउनु हुन्छ । “नेपालमात्र नभएर विश्वका लागि नयाँ एअरलाइन्स भएकाले मैले त्यहाँ तालिम र काम गर्दै जाँदा धेरै सिकेँ,”– उहाँ भन्नुहुन्छ ।

सन् २०११ मा हङकङ हुँदै नेपाल आउने ड्रागन एअरमा काम गर्नुभएकी उहाँले सन् २०११ मै ड्रायगन एयरको असिस्टेन्ट सेल्स मेनेजर र  सन् २०१२ मा सेल्स मेनेजर हुँदै सन् २०१८ मा कन्ट्री डाइरेक्टर हुनुभएको थियो ।

कतार एयरवेज, इतिहाद एर र ड्रायगन एयर हुँदै उहा हाल अन्तर्राष्ट्रिय एअरलाइन्स क्याथे प्यासेफिकको नेपालको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

योसँगै उहाँ नेपालमा रहेर अन्तर्राष्ट्रिय एअरलाइन्सको उच्चतहमा पुग्ने  नेपाली महिला बन्नुभएको छ ।

महिला भएर नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन र लामो समय अन्तर्राष्ट्रिय एयरलाइन्सको अनुभव प्राप्त गर्नुभएकी उनै जुनुसँग माउण्टेन खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा अन्तर्राष्ट्रिय एअरलाइन्सको अवस्था कस्तो छ ?

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका सबै भन्दा बढी प्रभावित भएको क्षेत्रनै नागरिक उड्डयन क्षेत्र हो। यसबाट नेपाल पनि अछुतो छैन।

नेपालमा अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय एअरलाइन्सको अवस्था एकदमै नाजुक छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण बन्द रहेको अन्तर्राष्ट्रिय एअरलाइन्स अहिलेसम्म पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

सरकारले नेपाल आउने विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको कारणपनि पर्यटक नआउँदा एअरलाइन्स पूर्ण क्षमतामा सञ्चालनमा आएका छैनन्। अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने अबधि घटाउन सके र अनअराईभल भिषा दिने पुरानो व्यवस्था छिटो शुरु गर्न सके अन्तराष्ट्रिय उडानहरु नियमित हुनेछन् र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने छ।

क्याथे प्यासिफिकले एअरलाइन्स सञ्चालनका लागि कस्तो तयारी गरिरहेको छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, क्याथे प्यासिफिकले आफ्नो एअरलाइन्स नेपालमा पूर्ण रुपमा सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको स्वास्थ्य मापदण्डलाई पच्छाएको छ । यात्रुको सुरक्षादेखि लगेजको सुरक्षा कसरी गर्ने भन्नेबारे हामीले तयारी गरिरहेका छौँ ।

सम्वभत आगामी जुलाईबाट हामी उडान संञ्चालन गर्ने तयारीमा छौं। विश्व विभिन्न मुलुकसंग हवाई संञ्जाल जोडिएका कारण क्याथे प्यासेफिकको उडानले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण अर्थ राख्छ।

क्याथे प्यासिफिक संग अहिले दुई सय ५५ वटा विमान छ। जसले ३५ देशका १ सय १९ गन्तव्यहरूमा प्रत्यक्ष र ५४ देशका २ सय ५६ गन्तव्यमा अन्य विमान कंम्पनी संगको साझेदारीमा उडान संञ्चालन गर्दै आएको छ। क्याथे प्यासिफिकले अहिले विश्वव्यापीरुपमा ३३ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराई रहेको छ।

क्याथे प्यासेफिक नेपालमा कसरी सञ्चालन भइरहेको छ ?

क्याथे प्यासेफिक हङकङ हुँदै नेपाल आउने वाइडवडी विमान हो । कोभिड हुनुभन्दा पहिले यसले नेपालमा हप्ताको पाँचवटा उडान भर्दै आएको थियो । हामीले कोरोनापछि जुलाईबाट उडान पुन संञ्चालन गर्ने तयारी गरिरहेका छौँ । अहिलेलाई हप्ताको पाँचवटा फ्लाईटनै शुरु गर्ने तयारी छ। कोभिड अधि क्याथे प्यासेफिकले नेपालमा दैनिक ५५० देखि ६०० यात्रुलाई सेवा दिई रहेको थियो।

नेपालको पर्यटनलाई प्रवद्र्धनका लागि के गर्नुपर्ला ? कोरोनापछि पर्यटन कसरी अगाडि बढाउने ?

नेपालको पर्यटन प्रवद्र्धनका लागि कोरोनापछिको स्वास्थ्यलाई विशेष ध्यान दिनु जरुरी छ ।

मैले अघि नै भनिसँके विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्छ ।

कोरोनाले नेपालको अर्थतन्त्र नै धरासयी अवस्थामा पुगेको छ । यसलाई पुर्नजीवन दिनका लागि सरकारले समेत विशेष योजना ल्याउनुपर्छ ।

अन्तराष्ट्रिय एयरलाईन्सहरुले विशेष आर्कषक प्याकेजहरु ल्याउदै छन्। त्यसमा हामी पनि सोचि रहेका छौं।

नेपालमा अन्तर्राष्ट्रिय एअरलाइन्सका अफ्ठयाराहरु के के छन् ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, नेपालमा विदेशी एयरलाइन्सका लागि हवाई ईन्धन एकदमै महङ्गो छ ।

यस्तै, नेपालमा अन्तर्राष्ट्रिय विमानलाई ग्राउण्ड हेन्डलिङ र पार्किङ शुल्क समेत धेरै महंगो भयो यसमा पूर्न विचार हुनु जरुरी छ नेपालको पर्यटन प्रर्वधनका लागी।

फरक प्रसङ्गमा जाऔँ, नेपालमा महिलालाई अगाडि आउनका लागि परेको अफ्ठयारो के के छन् ?

महिला अगाडि आउन आत्मवल आवश्यक छ ।  यसलाई बढाउन जरुरी छ । आफ्ना छोरीलाई अगाडि बढाउनका लागि घरको सहयोग आवश्यक हुन्छ । यसका  साथै महिला शिक्षामा जोड दिनु पर्छ।

तपाईँलाई यो अवस्थामा आइपुग्न कुनै समस्या परेन ?

म यो अवस्थामा आउनका लागि मेरो बुबाआमाको महत्वपूर्ण हात रहेको छ । मेरो  बुबाआमाले मलाई र मेरी दाईलाई एकै प्रकारको शिक्षा दिनु भयो मैले शिक्षामा विभेद महशुस गर्नु परेन।

यस्तै मेरो श्रीमानले पनि मलाई पारिवारिक वाताबरण मिलाई दिएर ठूलो सहयोग गर्नुभएको छ । यसैले म अहिले यस अवस्थामा छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्र्तवार्ताका लागि माउण्टेन खबर डटकमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । कर्ममा विश्वास गरौँ, अवश्य सफल भइन्छ ।

महिला नेतृत्व परिवारबाट सुरु हुन्छ । छोरीलाई कति शिक्षा दिने कस्तो शिक्षा दिने र कस्तो बनाउने भन्ने हात परिवारका सदस्यमा रहेको छ । परिवारले छोरीलाई कस्तो बनाउने भन्ने उप्रेरणा दिनुपर्छ । छोरी मान्छेले आफुले आँट गर्नुपर्ने हुन्छ अवश्य सफल भईन्छ।

धन्यवाद

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }