सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ह्वीप उल्लंघन गर्ने कर्णालीका चार मन्त्रीहरुको सांसद पद हटाउने तयारी गरिंदै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 501
    SHARES

१० बैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ । शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।

गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेपछि बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }