सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गरेको पत्र दर्ता


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 514
    SHARES

१२ बैशाख, काठमाडौं । फ्लोर क्रस गरी मतदान गर्ने कर्णालीका चारजना प्रदेश सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।

नेकपा एमाले प्रदेश सभा संसदीय दलले उनीहरुलाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केही बेरअघि दर्ता गरेको हो ।

कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार टिकाउन भूमिका खेलेका सदस्यहरुलाई पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको बताउनुभयो ।

नेकपा एमाले दशैं महाधिवेशन आयोजक कमिटीको बैशाख १० मा बसेको बैठकले उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

पदमुक्त हुनेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर बहादुर थापा र नन्दसिंह बुढा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }