बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने बेलायत सरकारको निर्णय


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २५, २०७८
  • 687
    SHARES

काठमाडौं ,२५ बैशाख

संयुक्त अधिराज्य (बेलायत)ले कोरोनाको नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने भएको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपका अनुसार नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको हो । शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे जानकारी दिनुभएको थियो ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)