आइतवार, बैशाख ३०, २०८१

झिनो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 628
    SHARES

काठमाडौं, २९ वैशाख 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । हिजो दोहोरो अंकले वृद्धि भएको परिसूचक आज ०.५६ अंक वृद्धि भएर २६७३.८८ विन्दुमा बन्द भएको हो । हिजोको तुलनामा सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले वृद्धि भएको छ ।

२१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, बोटल्र्स (तराई) लिमिटेड र आखु खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६२७ रुपैयाँ कायम भएको छ भने बोटल्स नेपाल (तराई)को शेयर मूल्य ११ हजार ७१ रुपैयाँ काय भएको छ । त्यस्तै आँखु खोला जलविद्युतको शेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी हिजो १० प्रतिशतले शेयर मूल्य घटेको बिशाल बजार कम्पनीको आज ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ५ हजार ३८६ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो काम्पनीको २५ करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }