आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 780
    SHARES

३० बैशाख, काठमाडौं । सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ।

स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन्।

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }