आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इद उल फित्र घरमै बसेर मनाउन नेपाल मुस्लिम आयोगको अपिल


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 240
    SHARES

काठमाडौं ,३१ बैशाख

नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहिबार सकिएको छ । आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ । कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न पाएनन् भने सामुहिक रुपमा मनाईने इदउल फित्र पर्व पनि घरमा नै मनाउनु पर्ने भएको छ । नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गर्नुभयो । यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आईसोलेसन तथा क्वारेन्टीन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गर्नुभएको छ ।

मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ । यो महिनामा कुरान आएको भन्ने विश्वास गरिन्छ । मुस्लिम धर्माबलम्वीहरुलाई हाम्रो पनि शुभकामना । इद मुबारक ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }