आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सांसदहरुले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाउँदै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 467
    SHARES

३१ बैशाख, काठमाडौं । सांसदहरुलाई आज दोश्रो मात्राको कोरोनाविरुद्धको खोप दिइने भएको छ। संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको ल्होत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो। शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

ल्होत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने छ ।

दाेस्राे प्राथमिकतामा परेका सर्वसाधारणहरुले भने कहिले दाेस्राे डाेज लगाउन पाउने भन्नेमा अन्योल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }