आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘राधे’को पहिलो दिनको कमाई १३० करोड


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २, २०७८
  • 1.2K
    SHARES

एजेन्सी । गत बिहिबार (इद) देखि रिलिज भएको फिल्म राधेः योर मोस्ट वान्टेड भाईले राम्रो कमाइ गर्न सफल भएको छ । आँकडालाई हेर्दा भारतमा मात्र पहिलो दिन यस फिल्मले १२५ करोडको कलेक्शन गरेको छ ।

यो सलमान खानको कुनैपनि फिल्ममध्ये अहिलेसम्म सबैभन्दा ठूलो ओपनिंग हो । सलमानको कुनैपनि फिल्मको सबैभन्दा ठूलो ओपनिंग उनको पछिल्लो फिल्म भारत रहेको छ । जसले रिलिजको दिन ४२ करोड ३० लाख कमाई गरेको थियो ।

जी फाइभको मुख्य व्यवसाय अधिकारी मनीष कालराका अनुसार यदि सलमानको फिल्म सिनेमा घरमा १ करोड मानिसले हेरेमा त्यस फिल्मले थोरैमा पनि दुई सय करोड कमाई गर्ने थियो । जी स्टुडियो, जी५ र जी सिनेप्लेक्सले मिलेर फिल्म रिलिजको नयाँ रेकर्ड राखेका छन् ।

पहिलो दिनमा ४२ लाख दर्शकले राधे फिल्म हेरे । फिल्मको प्ले बटन दबाएपछि ६ घण्टाभित्र यो फिल्म हेर्नका लागि दर्शकले २९९ रुपैया खर्च गर्नुपर्यो । यो हिसाबले फिल्मले पहिलो दिन १२५ करोडको कमाई भारतमा मात्र गर्यो । यस्तै विदेशमा पहिलो दिनमा यस फिल्मले ४.५ करोड कमाई गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }