आइतवार, बैशाख ३०, २०८१

सोमबार नेप्से २०.७१ अंकले बढ्दै बन्द भयो कारोबार


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३, २०७८
  • 446
    SHARES

३ जेठ, काठमाडौं । सोमबार पनि शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये पर्यटन तथा होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह बाहेक अरु सबै समूहको सूचक सकारात्मक छ । कारोबार पनि २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको भएको छ। यो कारोबार रकम भने आइतबारको तुलनामा कम हो । आइतबार १० अर्ब ४० करोडको कारोबार भएको थियो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए यता शेयर कारोबार अनलाईन मार्फत भइरहेको छ । निषेधाज्ञाले लगानीका क्षेत्रहरु खुम्चिदा अधिकांश लगानीकर्ताहरु शेयर बजारमा आकर्षित भएकाले पनि कारोबार बढेको हो ।

यस्तै सोमबारको कारोबारमा सबैभन्दा धेरै हिस्सा नेपाल पुनर्बीमा कम्पनीको छ। कम्पनीको ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो दिन रुरु जलविद्युत परियोजनाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }