आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कलाकार तामाङ हिन्दी सिरिज ‘द लास्ट आवर’मा खलनायकको भूमिकामा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 763
    SHARES

५ जेठ, काठमाडौं । नेपाली गायक तथा कलाकार रोबिन तामाङ हिन्दी सिरिज द लास्ट आवरमा खलनायकको भूमिकामा देखा परेका छन् ।

नेपाली फिल्ममा प्रायः भिलेनको भूमिकामा निर्वाह गर्दै आएका उनको अभिनय रहेको हिन्दी वेव सिरिज ‘द लास्ट आवर’ शुक्रवारबाट ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

‘पे पर भ्यू’ मार्फत् अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा देखिएका हुन् । उनलाई सिरिजको ट्रेलरमा भने स्थान दिइएको थिएन ।

आठ एपिसोड लामो यो सिरिजमा रोबिन यामानाडु नामको तान्त्रिकको भूमिकामा छन् । भारतको उत्तरपूर्वी राज्य (सिक्किम) को पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको छ । सिरिजमा भारतमा बस्ने थुप्रै नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

सिरिजको निर्देशन अमित कुमारले गरेका हुन् । सिरिजमा सञ्जय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनलगायतको भूमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }