आइतवार, बैशाख ३०, २०८१

बुधबार १३.०९ अंकले घट्यो सेयर बजार


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 447
    SHARES

५ जेठ, काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से घटेपनि कारोबारमा भने नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार दिनभरिमा हाइ रहेको नेप्से बन्द हुने समयमा नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो । हिजो मंगलबार नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ अंकमा कन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्म कै उच्च कारोबार थियो । तर बुधबार भने उक्त रेकर्ड ब्रेक गर्दै हालसम्म कै उच्च कारोबार भएको छ । बुधबार दिनभरिमा २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ सेयर कित्ता १ करोड ३२ लाख ३६८ पटक किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो ।

बुधबार ट्रेडिङ समूह ३५.७२ अंक, बैंकिङ समूह ७.३४ अंक, फाइनान्स समूह २.७४ अंक, म्युचुअल फण्ड समूह ०.०७ अंक र होटल तथा पर्यटन समूह १५.५३ अंकले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }