९ जेठ, काठमाडौं । सुपरहिट नेपाली फिल्म ‘डमरुको डण्डीबियो’ अब निशुल्क हेर्न पाइने भएको छ ।
लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा यो फिल्म निशुल्क उपलब्ध गराईएको हो ।
फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर सिनेमाघर एपको तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि भनेर डमरुको डण्डीबियो निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताएका छन् ।
स्व छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।