आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘सेल्फी विथ डटर’ अभियान नेपालमा पनि लोकप्रिय बन्दै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १२, २०७८
  • 725
    SHARES

१२ जेठ, काठमाडौं । भारतको हरियाणा हुँदै नेपाल भित्रिएको ‘सेल्फी विथ डटर’ अभियान नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । यो अभियानलाई नेपालमा दश दिनभित्रै एक लाख नेपालीले सेल्फी विथ डटर अभियानबारेसार्बजनिक भएको भिडियो हेरेका छन् । यसमा नेपाली आमाबुवाले आफ्नी छोरीहरूसँग सेल्फि खिचेर ‘सेल्फी विथ डटर’ को वेबसाइटमा पोस्ट गर्नुपर्ने हुन्छ ।

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान नेपालमा भर्चुअल कार्यक्रम मार्फत मे ९ मा सुरु गरिएको हो, जसमा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ र अन्य सहकारी संस्थाहरूले नेपालमा अभियान चलाउन सहयोग गरेका छन् । यो अभियानलाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रशंसा गर्नुभएको छ ।

सुनिल जगलानले पछिल्लो लकडाउनमा हरियाणा लगायत भारतका धेरै राज्यहरूमा सेल्फी विथ डटर अभियानको प्रचारप्रसार गरिएको छ,त्यस्तै नेपालमा लकडाउन भए पनि यस अभियानको धेरै प्रचारप्रसार भइरहेको बताउनुभएको छ।

उहाँले गत १० दिनमा नेपालका एक लाख व्यक्तिले सेल्फी विथ डटर अभियानको सार्बजनिक भिडियो हेरेको बताउनुभएको छ । यो बाहेक, २५ हजार व्यक्तिहरुले यो लकडाउन अवधिमा संसारभरबाट आफ्नो सेल्फी पोष्ट गरेको पनि जगलानले उल्लेख गर्नुभयो ।

नेपाल र भारतका धेरैजसो स्थानहरुमा हाल विश्वव्यापी महामारी कोभिड–१९ को कारण लकडाउन र कर्फ्यूमा रहेका छन् । यस्तो अवस्थामा सेल्फी विथ डटर फाउन्डेशन र नेपाल इन्टरनेट फाउण्डेशनले समाजका सबै वर्गका व्यक्तिलाई लकडाउनको बेला छोरीहरूसँग समय बिताउन र छोरीसँगै सेल्फी पठाउन सेल्फी विथ डटरको अनलाइन संग्रहालयमा पठाउनलाई अपील गरिएको छ । ती सेल्फीहरूलाई पछि सम्मानित पनि गर्ने अभियानकर्ताले बताएका छन् ।

यस अभियानका बारे जानकारी दिँदै सेल्फी विथ डटर फाउन्डेसनका संस्थापक सुनील जगलानलेसेल्फी विथ डटर डेको अवसरमा भारत र नेपालमा जून ९ मा बिशेष कार्यक्रम आयोजना गरिने बताउनुभएको छ । लकडाउनको क्रममा सर्वश्रेष्ठ सेल्फी पुरस्कार प्रदान गरिन्छ भने विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिनेछ ।

नेपाल इन्टरनेट फाउण्डेशनका संस्थापक बिक्रम श्रेष्ठले यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }