मङ्लबार, बैशाख २५, २०८१

एमाले स्थायी कमिटी बैठक फेरि सर्यो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 447
    SHARES

१७ जेठ, काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिनुभयो । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हँुदैछ ।

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }