आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गतवर्ष अपहरणमा परेका मधेसी सांसद कामचलाउ सरकारका मन्त्री


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २२, २०७८
  • 989
    SHARES

काठमाडौँ, २२ जेठ । गत वर्ष अपहरणमा परेको भनिएका मधेसी सांसद नै कामचलाउ सरकारका मन्त्री बनेका छन् ।

विस २०७७ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेका भनिएका सांसद नै मन्त्री बनेका हुन् ।

तत्कालिन समयमा समाजवादी पार्टीका सांसदद्धय डा सुरेन्द्र यादव र उमाशंकर अरगरिया अपहरणमा परेको नाटक गरेका थिए । सोही घटनासँगै एक भएका मधेसी दल अहिले विभाजित भएर फेरी दुई कित्तामा पुगेका छन् ।

शुक्रबार पार्टीका नेता राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर जसपा नेताहरु सरकारमा गएसँगै मधेसवादी दल स्पष्ट दुई कित्तामा बाँडिएको छ । आफ्नो व्यक्तिगत काममा तराई गएका सांसदद्धय र पूर्व आईजीपीसँग लिफ्ट मागेर काठमाडौँ फर्केका सांसदद्धयले काठमाडौँ आएसँगै आफू अपहरणमा परेको बताएका थिए ।

सत्ता र स्वार्थका लागि माहिर मधेसी नेता अपहरणमा परेको नाटक गरेको १३ महिनापछि कामचलाउ सरकारमा सहभागी भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }