आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

करिब ५४ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश सरकार


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 959
    SHARES

हेटौंडा, २४ जेठ 

बागमती प्रदेश सरकारले आगामी आव २०७८÷७९ का लागि करिब ५४ अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रण, भौतिक पूर्वाधार निर्माण र कृषि उत्पादनलाई प्राथमिकता दिएर उक्त आकारको बजेट आउने सम्भावना रहेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताएका हुन्

प्रदेश सरकारले आगामी आव २०७८÷७९ का लागि प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लामा कोभिड नियन्त्रणलाई केन्द्रमा राखिने मन्त्री ढुंगेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । प्रदेश सरकारले यही जेठ २७ गतेभित्र वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र कोभिडबाट पीडित परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्नेछ ।

मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताए । आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैंसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बगुंरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दुग्ध पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }