बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेद्वारा आजपनि कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 1.1K
    SHARES

२६ जेठ, कर्णाली । कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेस्रो बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान एमालेले लिएको छ ।

पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो।

सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो।

मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)