बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले सोध्यो सुदुरपश्चिममा १७ सांसदलाई स्पष्टिकरण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 535
    SHARES

२७ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताउनुभयो ।

एमालेको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो । एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)