आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक


  • माउन्टेन खबर
  • बिहिबार, साउन ७, २०८३
  • 57
    SHARES

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र अराजक गतिविधि भएको दाबी गरे। उनले विभिन्न देशमा चुनाव भए पनि लोकतन्त्रको अभ्यास समान नहुने उल्लेख गर्दै नेपालमा पनि लोकतान्त्रिक प्रणालीमाथि आक्रमण भएको टिप्पणी गरे।

‘भदौ २३/२४ गते जुन खालको मार्ने–मराउने, आगजनी गराउने र नेपालको इतिहासमै कल्पना गर्न नसकिने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जाका लागि हिंसात्मक बाटो रोज्यो, तर समाजलाई भयमा राख्ने खालका गतिविधि भने गरेन।’

ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारविरुद्ध अवैधानिक र आतंकपूर्ण गतिविधि सञ्चालन गरिएको आरोप लगाए। उनका अनुसार संविधानले व्यवस्था नगरेको प्रक्रियामार्फत तत्कालीन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा असंवैधानिक कदम चालिएको थियो।

‘वैधानिक सरकारविरुद्ध अवैध र आतंकपूर्ण आपराधिक गतिविधि गरियो। संविधानको धाराले गर्न नहुने काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो,’ उनले भने, ‘अवैध सिफारिसका आधारमा जननिर्वाचित संसद् असंवैधानिक रूपमा विघटन गर्ने काम भयो।’
ओलीले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सबै राजनीतिक दल र नागरिक सचेत हुनुपर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)