शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 475
    SHARES

१ असार, सुर्खेत । कर्णाली प्रदेशले आज ल्याउन लागेको नीति तथा कार्यक्रममा नेकपा एमालेले विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकलेआज पारित गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी हुनुभएको थियो ।

माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो ।

३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने एमालेको रणनीति रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }