आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रेस संयोजकमा वरिष्ठ पत्रकार कोइराला नियुक्त


  • माउन्टेन खबर
  • आइतवार, असार २०, २०७८
  • 813
    SHARES
गण्डकी, २० असार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता शुरु गर्नुभएका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत रहनाका साथै २०६५ सालदेखि पोखरामा दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको ब्युरो चिफ सम्हाल्नुभएको थियो ।

विसं २०७२ देखि समाधान दैनिकमा आबद्ध उहाँले त्यहाँ कार्यकारी सम्पादकको भूमिकामा रहनुभएकामा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)