आइतवार, बैशाख २३, २०८१

मेस्सी बार्सिलोनामै रहने पक्का, ५० प्रतिशत पारिश्रमिक कटौती हुने


  • माउन्टेन खबर
  • बिहिबार, असार ३१, २०७८
  • 743
    SHARES

३१ असार, काठमाडौं । बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बार्सिलोनासँग ५ वर्षको सम्झौता नविकरण गर्न तयार भएका छन्।

यसै साता अर्जेन्टिनासँग आफ्नो पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि उचालेका मेस्सी गत महिनाको अन्त्यसँगै फ्रि-एजेन्ट बनेका थिए। जुन ३० तारीखमा औपचारिक रूपमा बार्सिलोनासँग सम्झौता अन्त्य भएसंगै मेस्सी कुनै क्लबसँग आबद्ध थिएनन्।

मेस्सीले भर्खरै अर्जेन्टिनालाई २८ वर्षपछि आफ्नो पहिलो कोपा अमेरिका उपाधि जिताउन सफल भएका थिए। अर्जेन्टिनी कप्तान मेस्सीले सो दक्षिण अमेरिकी महादेशीय उपाधिको व्यक्तिगत विधातर्फ सबै उपाधि जितेका थिए। कोपा २०२१ को सर्वाधिक गोलकर्ता तथा सर्वाधिक असिस्टकर्ता मेस्सी नै भएका थिए। अझै उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडि पनि चुनिएका थिए।

बार्सासँग जुलाई १ मा सम्झौता अन्त्य हुनु अगाडी मेस्सी संसारकै सर्वाधिक पारिश्रमिक लिने खेलाडीको सूचीमा अग्र स्थानमा थिए। यद्यपि बार्सिलोना क्लबको कमजोर आर्थिक स्थिति हेरेर उनी ५० प्रतिशत पारिश्रमिक कटौतीमा पनि नयाँ सम्झौता नवीकरण गर्न सहमत भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }