बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसका युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ले गरे काभ्रेको स्कुललाई पुस्तक सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०७८
  • 789
    SHARES

काभ्रेपलाञ्चोक, ५ साउन । विकल्पका लागि आवाज नेपालले काभ्रेपलाञ्चोकको पाँचखालस्थित राधाकृष्ण प्राथमिक विद्यालयका ८५ विद्यार्थीलाई पुस्तक वितरण गरेको छ ।

नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी लिलाबल्लभ दाहाल ‘काका’को विशेष सहयोगमा विकल्पका लागि आवाज नेपालले आज काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० स्थित राधाकृष्ण प्राविमा अध्ययनरत ८५ विद्यार्थीलाई पुस्तक सहयोग गरेको हो ।

कार्यक्रममा नेता दाहालले मुलुकको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “सरकारले शिक्षाभन्दा अरु क्षेत्रमा बढी वजेट विनियोजन ग¥यो, वर्तमान सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ,”– उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस काभ्रेका नेता सुन्दरमणि आचार्यले मुलुकको विकासका लागि राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी गर्नुपर्ने बताउनुभयो । विद्यालयमा दरबन्दी थप्ने कुरामा आफूले विशेष पहल गर्ने उहाँको भनाई थियो । काँग्रेस काभ्रेका अर्का नेता निराजन लुईँटेलले स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो ।

विस २०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा स्थायी दरबन्दी नहुँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक गीता लुईँटेलले जानकारी दिनुभयो । स्थापना भएको १३ वर्षसम्ममा पनि उक्त विद्यालयमा दुई जना राहत शिक्षक र पाँचजना निजी शिक्षकबाट अध्यापन हुँदै आएको छ ।

स्रोत अभावका कारण निजी शिक्षकलाई मासिक ६ हजार तलब दिँदै आएको उक्त विद्यालयलाई गत वर्षदेखि वडा कार्यालयले रु दुई लाख वजेट विनियोजन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिमल्सेनाले बताउनुभयो ।

विस २०७४ सालमा स्थापना भएको विकल्पका लागि आवाज नेपालले यसभन्दा पहिले ओखलढुङ्गाको नारेस्थान सामुदायिक पुस्तकालय र माम्खा सामुदायिक पुस्तकालय निर्माण गरेर शिक्षा क्षेत्रको विकासमा सहयोग गर्दै आएको उक्त संस्थाका अध्यक्ष युवराज तिमल्सेनाले जानकारी दिनुभयो । यस्तै उक्त संस्थाले बाढीपहिरो पीडित र हावाहुरी पीडितलाई समेत सहयोग गरेको छ ।

विकल्पका लागि आवाज नेपालका महासचिव मदन ढुङ्गानाले आफ्नो संस्थाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गर्नुभयो । यस्तै, उक्त संस्थाले आजै पाँचखाल नगरपालिका–२ स्थित ज्ञानोदय निमाविमा समेत स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }